District Coordination Committee Office Kathmandu, Nepal

भौगोलिक विभाजन अनुसार काठमाण्डौं जिल्ला मध्यमाञ्चल विकास क्षेत्र अन्तरगर रहेको छ । काठमाण्डौं उपत्यका भित्रका तीन जिल्ला मध्ये काठमाण्डौं देशको राजधानी समेत भएको एक मुख्य जिल्ला हो । यो जिल्ला २७ डि. २७ मि. देखि २७ डि. ४९ मि. उत्तरी अक्षांशसम्म र ८५ डि. १० मि. देखि ८५ डि. ३२ मि. पूर्वी देशान्तरसम्म फैलिएको यो जिल्ला पूर्वमा भक्तपुर तथा दक्षिणमा ललितपुर तथा मकवानपुरको बीचमा अवस्थित छ । यस जिल्लामा १ वटा महानगरपालिका र १० नगरपालिका रहेका छन् । समुन्द्री सतहबाट १२६२ मिटरदेखि २७३२ मिटरसम्मको उचाईमा रहेको यस जिल्लामा चन्द्रागिरी, शिवपुरी र नागार्जुन गरी तीन उच्च पहाडी श्रृखलाहरु मुख्य रुपमा पर्दछन् । यस जिल्लाको अधिकतम तापक्रम जेठ आषाढ तिर ३२ डि. सम्म र न्युनतम तापक्रम पौष माघ तिर माइनस –(२) डि.से. सम्म भएको पाईन्छ भने औषत वर्षा १७६.४ मि.लि. भएको देखिन्छ । यस जिल्लाको क्षेत्रफल ३९५ वर्ग कि.मि. अर्थात ३९५०० वर्गहेक्टर रहेको छ । देशको कुल क्षेत्रफल मध्ये काठमाण्डौं जिल्लाले ०.२७ प्रतिशत भाग औगटेको छ ।
Address Line 1
Tanka Prasad Ghumti Sadak, Kathmandu, Tanka Prasad Ghumti Sadak, Kathmandu, bagmati, Tanka Prasad Ghumti Sadak, Kathmandu, nepal
Telephone
Unique Pageviews
1,081
Website Clicks
758